Logo
Logo

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, अध्यक्ष कमल थापासहितका नेता पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले १० मिनेट नियन्त्रणमा लिएको छ।

देशव्यापी जनसंघर्षको धर्ना कार्यक्रम भइरहेका बेला सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडमा प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि राप्रपा कार्यकर्ता र प्रहरीबीच केहीबेर तनाव उत्पन्न भएको थियो।

पुतलीसडकमा प्रदर्शनमा उत्रीएका राप्रपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ। झडपमा राप्रपाका केही कार्यकर्ता घाईते भएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्ज गरेको छ। झडपका क्रममा घाइते भएका राप्रपाका कार्यकर्तालाई उपचारका लागि मोडल अस्पताल बागबजार लगिएको छ।

राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष थापा सहित नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ परेका थिए ।

राप्रपाले सरकारसमक्ष पेश गरेको २२ बुँदे कार्यान्वयन गर्न दबाब दिन सोमबार दिउँसो धर्ना र प्रदर्शन कार्यक्रम गरेको थियो। राप्रपाले राजासहित लोकतन्त्र स्थापना गर्न गोलमेच सम्मेलन, हिन्दुराष्ट्रको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्