Logo
Logo

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान ११ बजे अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतलनिवास पुगेका थिए ।

राष्ट्रपति भण्डारी र ओलीबीच करिब ४५ मिनेट कुराकानी भएको छ । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ । अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

सर्वोच्च अदालले गत असार २५ गते संसद पुनर्स्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसपछि ओली नेतृत्वको सरकार ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्