Logo
Logo

कोरोनाबाट थप १६ जनाको मृत्यु, ३ हजार ११४ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गत २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई हजार ३०९ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा कूल १० हजार ६२५ पीसीआर र चार हजार २८५ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ३३ हजार २६० पुगेको छ ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ६९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार १९७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्