Logo
Logo

ठाकुर पक्षले सर्वोच्चमा दयार गरेको रिट गलत : उपेद्र पक्ष


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले अर्का महन्त ठाकुर पक्षले सर्वोच्च अदालतमा दयार गरेको रिट गलत भएको ठहर गरेको हो ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको उक्त पक्षको कार्यकारिणी बैठकले बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकाले हाे ।

निर्वाचन आयोगको प्रक्रियालाई सवोच्च अदालतले रोक्न नमिलने उपेन्द्र पक्षकाे भनाइ छ । निर्वाचन आयोगले अहिले आदेश मात्रै दिएको र निर्णय नआएसम्म त्यसको विरुद्ध सर्वोच्चमा रिट दयार गर्न नमिल्ने नेता महेन्द्र राय यादवले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन आयोगले अहिले कुनै निर्णय गरेको छैन, आदेश मात्र दिएको छ, निर्णय नआएको अवस्थामा त्यसको विरुद्धमा रिट दायर गर्न मिल्दैन’ नेता यादवले भने, ‘सर्वोच्च अदालतले निर्वाचन आयोगको प्रकृया रोक्न मिल्दैन ।’

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्