Logo
Logo
दृष्टिका दश हेडलाइन्स्ः

काँग्रेसको निर्वाचन तालिका प्रभावितदेखि एमालेमा युवा दस्ता घोषणको होडसम्म


दृष्टि संवाददाता


१. सत्तारुढ गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने विषयमा छलफल, जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धन बैठकको निष्कर्ष, कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपरे गर्न सरकारलाई गठबन्धनमा आवद्ध नेताको प्रधानन्त्रीलाई सुझाव ।

२. महाधिवेशनको संघारमा नेपाली काँग्रेसद्धारा निर्वाचन तालिका परिवर्तन, वडा अधिवेशन स्थगित गर्ने पदाधिकारी तथा पूर्व पदाधिकारीको निर्णय, स्थागित गरिएको वडा अधिवेशन कहिले गर्ने मिति भने तय भएन, वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित, पछिल्लो निर्णयसँगै १२ साउनमा हुने तय भएको वडा अधिवेशन, १६ साउनमा हुने स्थानीय तहको अधिवेशन र २० साउनमा हुने प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन समेत प्रभावित हुने सम्भावना ।

३. पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने भएकाले परिस्थिति सहज नरहेको धारणा, आफूले मन्त्री वा अन्य कुनै निकायमा नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने, नपाएमा नेतृत्व बदमास छ भन्ने प्रवृत्ति देखिएकोमा चिन्ता व्यक्त ।

फाइल फाेटाे

४. आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने जनता समाजवादी पार्टी, नेपाल (जसपा) उपेन्द्र यादव समूहको निर्णय, पार्टी कार्यालय बालकुमारीमा शनिबार सम्पन्न बैठकद्धारा सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन, शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी, जसपाको अर्का अध्यक्ष महन्थ ठाकुर समूह भने निर्वाचन आयोगको निर्णय र अध्यक्ष यादवविरुद्ध सर्वोच्चमा ।

५. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि एमाले विवाद झनै बढ्दै, एकअर्को समूहप्रति आरोप प्रत्यारोप बढ्दो, शक्ति प्रदर्शका लागि युवा तथा विद्यार्थी दस्ता घोषणाको होडबाजी, अध्यक्ष ओली समूहदाद्धारा ‘भ्याली युथ फोर्स’ घोषणा, युथ फोर्स भ्रष्टाचारविरुद्ध संघर्ष गर्नुपर्ने एमाले महासचिव ईश्वर पोखरलेको धारणा, युथ फोर्सले वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत बाँकी नराख्ने युवा संघका ईञ्चार्ज महेश वस्नेताको चेतावनी, माधव समूहका नेता योगेश भट्टराईद्धारा दस्ता निर्माणको विरोध ।

६. नेकपा नेत्र विक्रम चन्द ‘विप्लव’ समूह राजनीतिक भेटघाटमा व्यस्त, शनिबार नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता, तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा वैद्यलाई साथ दिएका बादल र विप्लव दुवै अहिले फरक–फरक पार्टीमा, संसदीय राजनीतिमा आफ्नो स्थान खोज्न ‘विप्लव’ले राजनीतिक भेटघाट बढाएको विश्लेषण ।

७. काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन अनलाइन दर्ता अनिवार्य, ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने जनस्वास्थ्य कार्यालय काठमाडौंद्धारा जानकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्युतीय दर्ता नम्बर लिएरमात्र खोप लगाउन पाउने निर्णय गरेपछि जनस्वास्थ्य कार्यालय काठमाडौंद्धारा अनिवार्य अनलाइन दर्ता गर्न आग्रह ।

फाइल फाेटाे

८. वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर विभिन्न कारण ज्यान गुमाएका २४ जना नेपाली युवाको शव र तीन वटा अस्तु नेपाल ल्याइयो, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका शव शनिबार नै आफन्तको जिम्मा लगाइयो, सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुक ।

९. विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न नेपाल राष्ट्र बैंकको निर्देशन, केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल (फेडा)ले औसत खरिद दर तय गर्नुपर्ने, त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्ने ।

१०. स्पेनिस फुटबल क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट आगामी अगस्टमा भिड्ने पक्का, जोन ग्याम्पर ट्रफीको लागि बार्सिलोनाले गरेको प्रस्ताव युभेन्टेसद्धारा स्वीकार, युभेन्ट्स सहमत भएसँगै विश्व फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमनेसामने हुने, मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण नगरेर विश्वाका फुटवल प्रमीले रोनाल्डो–मेस्सी भिडन्त गुमाउने ।

प्रतिक्रिया दिनुहोस्