Logo
Logo

पाख्रिबासमा बस दुर्घटना, २५ बढी घाइते


दृष्टि संवाददाता


धनकुटा । धनकुटा पाख्रिबासको पञ्चेमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । आइतबार दिउँसो झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १-०१-००१ख-३४२९ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी १६ जनाको अवस्था सामान्य छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ। बसका सहचालक घाइते अवस्थामा भेटिएको र बसचालक प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्