Logo
Logo

मुगुमा लम्बियो निषेधाज्ञा


दृष्टि संवाददाता


मुगु । कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन मुगुमा २२ साउन सम्म निषेधाज्ञा थपिएको छ । पछिल्लो समय कोरोना संक्रमित बढेसँगै जोखिम निम्त्याउने आशंकामा मुगु प्रशासनले पुनः साता दिन निषेधाज्ञा थपेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिमुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार २२ साउन सम्म निषेधाज्ञा थपेको हो ।

निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधीपसललगायत भने सञ्चालन हुनेछन् ।

अत्यावश्यकबाहेकका पसल बिहान ९ देखि बेलुका ४ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए। कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप्नुपरेको मुगु प्रशासनले जनाएको छ ।

जिल्लामा हवाई जहाज वा अन्य साधनबाट आउजाउ गर्दा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्