Logo
Logo

मन्त्रिपरिषद विस्तारबारे सत्तारुढ दलका शीर्ष नेता छलफलमा


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

मन्त्रिपरिषद विस्तारमा भइरहेको ढिलाइबारे छलफल भइरहेको बताइएको छ । सत्तारुढ दलका तीन प्रमुख नेताबीच जारी छलफल मन्त्रिपरिषद विस्तारबारे ठोस निर्णय गर्ने विश्वास गरिएको छ ।

यसअघि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो । बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा समेटेर गाइडलाइन तय गरेको काँग्रेस महामन्त्री तथा कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिएका छन् । शीर्ष नेताको बैठकमा यस विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्