Logo
Logo

डिएसपी बनेर विमानस्थलमा सुन लुट्ने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । आफुलाई नेपाल प्रहरीको डिएसपी भन्दै सुन लुट्ने युवक पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण–४ बस्ने सिताराम गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।


बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी गर्नेहरुसंग तथा विदेशबाट नेपाल फर्की आएका मानिसहरु ल्याएका सुनका गरगहनाहरु विमानस्थल गेट बाहिर सडक बाटोमा निगरानी र पिछा गरी एकान्त पारी रोकी नेपाल प्रहरीको डिसपी हुँ भनेर चेकजाँच गर्न रोकी लुटपाट उनले लुटपाट गर्दथे । विमानस्थलमा कतिपयले यसरी सुन तस्करी गर्ने भएकाले उजुरी नगर्ने ठानेर उनले यसरी प्रहरी भनेर लुटेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्