Logo
Logo

७२ हजार घुससहित बुढानिलकण्ठका इन्जिनियर पक्राउ


दृष्टि संवाददाता



काठमाडौं ।
बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी रोेकेर उनले घुस मागेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले पौडललाई बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट नियन्त्रणमा लिएको हो ।
यसअघि पनि सो नगरपालिकाका उपसचिवसहितका कर्मचारी घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्