Logo
Logo

१५ हजार घुुससहित पक्राउ परेका सइले सफाई पाए


दृष्टि संवाददाता



काठमाडौं । १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका सइले सफाइ पाएका छन् । ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत रहेका बेला पक्राउ परेका प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी.ले शुक्रबार बिशेष अदालतबाट सफाई पाएका हुन् ।


बिमा सिफारिस गरिदिने प्रयोजनको लागी सेवाग्राहीसँग उनले घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले १५ हजार घुससहित २०७६ को असोजमा पक्राउ गरेको थियो ।
बिशेषका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले सफाइ दिएको हो ।

प्रतिक्रिया दिनुहोस्