Logo
Logo

रबिन्द्र अधिकारीको क्षेत्रमा जित्ने देउवाको चाहना !


- दृष्टि न्युज/संवाददाता



पोखरा, २९ चैत ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले पार्टीमा एकताको सन्देश कास्कीमा उप निर्वाचन जितेर फैलाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान कांग्रेस निकट नेपाल महिलासंघ कास्कीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र रिक्त छ । उक्त उपनिर्वाचन क्षेत्रमा कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने उनको भनाई छ । जबकी हालसम्म उप निर्वाचनको तयारी नै सुरु भएको छैन ।
विगतमा विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पार्टीले पराजय भोग्न परेकाले यसपाली त्यस्तो कर्ममा संलग्न हुने जो सुकैलाई पनि कारबाही गरिने उनले चेतावनी दिए ।

‘घात प्रतिघातमा संलग्न नहुनुस् एकताबद्ध भएर निर्वाचनमा जित निकाल्नुस्,’ उनले भने, ‘यहाँ जिते देशभर यसको सकारात्मक सन्देश जान्छ र कास्कीबाट एकताको सन्देश जान्छ ।’

प्रतिक्रिया दिनुहोस्