Logo
Logo

प्रहरीलाई पर्यटन विदाः अन्तरिम आदेश भएन, मुद्दालाई अग्राधिकार


दृष्टि संवाददाता



काठमाडौं । नेपाल प्रहरीका कर्मचारीलाई सरकारले पर्यटन काज विदासम्बन्धि सुविधामा विभेद गरेको भन्दै दायर भएको रिटलाई सर्वाैच्च अदाललते अग्राधिकार दिएको छ । तर, सो मुद्दामा अन्तरिम आदेश भने भएन ।


पूर्व एसएसपी डा. गणेश रेग्मीले सर्वाेच्चमा यससम्बन्धि रिट दिएका थिए । सरकारले निजामती कर्मचारीलाई यो वर्ष पर्यटन काज विदाको सुविधा दिएको थियो । दैनिक ६ घन्टा काम गर्ने निजामतीलाई यस्तो सुविधा दिएको तर १५ घन्टासम्म काम गर्ने प्रहरीलाई नदिइएको भन्दै उनले रिट दायर गरेका थिए ।


अन्तरिम आदेश नभएपछि अब सरकारले नै यससम्बन्धि कार्यक्रम संशोधन गरेर कार्यान्वायन गरे मात्र प्रहरीको विभेद हट्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्