Logo
Logo

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा, गठबन्धनद्वारा सोनामलाई भावी मुख्यमन्त्री प्रस्ताव


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल बोलाइएको विशेष अधिवेशनअगावै उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउँदैछन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा परेका थिए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्