Logo
Logo

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए ।

प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख शेरचनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–
प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले आज मिति २०७८/४/२७ गते अपराह्न १:१५ बजे नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको व्यहोरा प्रदेश सभाका माननीय सदस्यहरुको जानकारीको लागि पठाएको छु।’

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ ९१० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्