Logo
Logo

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ताद्वारा राजीनामा


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै मुख्य न्यायाधीवक्ता डिसीले पनि मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न्यायाधीवक्ता डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड क बमोजिम प्रदेश प्रमुख समक्ष राजीनामा दिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्