Logo
Logo

उपराष्ट्रपति कार्यालयको अधिकृत बनेर ठगी


दृष्टि संवाददाता



काठमाडौं । आफू उपराष्ट्रपति कार्यालयको अधिकृत भनेर ठगी गर्ने युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार डोटी केआइसिंह गाउँपालिका घर भएका २६ वर्षीय किशोर भट्ट भनिने केशवराज भट्टलाई पक्राउ गरेको हो ।


उनले निजामती कर्मचारीको पोशाक लगाएर हिड्ने र ठगी गर्दै आएको प्रहरीले जनाएको छ । यसअघि पनि उनले त्यसरी नै ठगी गरेकोमा महाशाखाले पक्राउ गरेको थियो । जसमा उनलाई एक वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना भएको थियो । छुटेपछि फेरि उनी ठगी धन्दामा लागेका हुन् ।

कतिपयलाई उनले आफु परराष्ट्र मन्त्रालयको सहसचिव भनेर समेत ठगी गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्