Logo
Logo

युवा संघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादीमा प्रवेश


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्किएका हुन् । आज (बुधबार) उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेको बताए।

उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका गरे । साउदले २६ जना केन्द्रीय सदस्य फर्केको जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराए ।

उपाध्यक्ष योगेश २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेको युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएकाा थिए ।

एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएको र गौरवशाली इतिहासलाई धोका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्