Logo
Logo

लुम्बिनीमा सरकार बनाउन आह्वानदेखि कुलमानको प्राधिकरणमा पुनर्नियुक्तिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि , विभिन्न प्रयोगशालामा १० हजार ९ सय ७ नमूनाको पीसीआर र ५७ सय ४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४ सय ८१ मा संक्रमण, २४ घन्टामा थप ३० जनाको मृत्यु, कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ पुगे, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९६४ जनामा संक्रमण, २४ घन्टामा १८ सय ८५ जना डिस्चार्ज , ७ सय ९६ जनाको आइसीयू र १८४ जनाको भेन्टिलेटरमा उपचार हुँदै, खोप केन्द्रको संख्या १६ हजार पु¥याउने सरकारको योजना, प्रवेशपत्रका आधारमा विद्यार्थीलाइ कोरोनाविरूद्धको खोप दिइने ।

Image

२. मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा नयाँ सरकार गठनका लागि आह्वान, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिइयो, माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति, मुख्यमन्त्रीले राजीनामा घोषणा गरेको पत्र सुनाएसँगै सकियो प्रदेशसभाको विशेष अधिवेशन ।

३. अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने समामुख अग्निप्रसाद सापकोटाको सुझाव, जनतालाई क्लियर पारेर राष्ट्रिय सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको भनाइ, मुख्यतः राष्ट्रिय सहमति, त्यो नभए प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति र त्यो पनि नभए गठबन्धनबीच सहमति आवश्यक रहेको सभामुखको प्रतिक्रिया ।

४. पूर्वनिर्धारत कार्यतालिकामा महाधिवेशन नहुने करिब निश्चित भएपछि नयाँ कार्यतालिका बनाउन बिहिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, भदौ १६ देखि १९ गतेका लागि निर्धारित १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएसँगै संस्थापन र इतरपक्ष आन्तरिक रणनीतिमा, महाधिवेशन भदौमै सक्ने पौडेलको प्रयास, मंसिर पु¥याउने देउवाको दाउ ।

५. नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति, सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने घिसिङको प्रतिबद्धता, आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भए त्यसलाई सुधार गरेर अगाडि बढ्ने दावी, निर्माणमा रहेका आयोजनालाई शीघ्र सम्पन्न गराउनेतर्फ आफ्नो विशेष पहल रहने घिसिङको भनाइ ।

६. मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको निर्णय, महसुलबारेको निर्णय विद्युत नियमन आयोगले गर्ने भएकाले प्रस्ताव पठाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालद्वारा जानकारी, स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरूको जीवनस्तर उठाउने माध्यम भएकोले विद्युत बढी माग हुने समयमा महसुलमा ८० र अन्य समयमा पुर्ण रूपमा छुट दिने घोषणा ।

७. सर्वोच्च अदालतद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु पर्नुको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायका नाममा आदेश जारी , पुरातात्त्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग १५ दिनभित्र लिखित रुपमा महान्यायाधीवक्ता कार्यालयमार्फत् कारण पेश गर्नुपर्ने आदेशमा उल्लेख ।

८. झिनो अंकले बढेको नेप्सेमा नयाँ रेकर्ड, १०५ कम्पनीको मूल्य घट्दा पनि बजार हरियो, जीवन विकासको सेयर मूल्य १० दिनमै २२ सय नाघ्यो, मानुषी लघुवित्तको आइपीओमा पहिलो दिन नै झण्डै ६ लाखले गरे आवेदन, सुनको भाउ लगातार घट्दा बजारमा सुन अभाव, ठूला अर्डर लिन आनाकानी गर्दै व्यवसायी, वीरगंजबाट ५ अर्बको केराउ, सुपारी, मरिच र छोकडा आयो, असार मसान्तमा मात्रै अढाई अर्ब,सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको ऋण सम्झौता ।

९. आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी समावेश, नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत , ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा, पारस ९० औं स्थानमा उक्लिए, ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा उक्लँदा बलिङतर्फ सन्दीप लामिछाने ७७ औं स्थानमा रहन सफल, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीद्वारा पहिलो पत्रकार सम्मेलनमा सहभागी, क्लबमा नेयमार र केलियन एमबाप्पेसँग खेल्न पाउँदा आफुलाई धेरै खुसी लागेको प्रतिक्रिया ।

१०.र, क्यानडेली व्यापारीलाई चीनमा ११ वर्षको कैद, सम्पत्ति जफत गर्न आदेश, यौन हिंसामा संलग्न रहेको आरोप पुष्टी भएपछी अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले दिए राजीनामा, अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ, लेबनानका आधाभन्दा बढी प्रवासी कामदार सहयोगको पर्खाइमा रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन ।

प्रतिक्रिया दिनुहोस्