Logo
Logo

काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका तय गर्दै


दृष्टि संवाददाता


काठमाडौं । १४ औं महाधिवेशनको नयाँ कार्यतालिका तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

काँग्रेसले भदौ १६–१९ सम्मका लागि १४ औं महाधिवेशनको कार्यतालिका तय गरेको थियो । उक्त कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका तय गर्नेबारे कांग्रेसभित्र छलफल चलिरहेको छ ।

आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका तय गर्ने र निर्वाचन निर्देशिकाको विषयमा छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवा मंसिरमा महाधिवेशन गर्ने पक्षमा रहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने भदौ २३ अघि नै अधिवेशन प्रारम्भ गरेर असोज सम्ममा महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्