Logo
Logo

लुम्बिनी विपक्षीले दावी गर्दै, कुलप्रसाद केसी मुख्यमन्त्री


दृष्टि संवाददाता


फोटो साभारः देशसञ्चार

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै दाबी पेस गर्दैछन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा विपक्षी गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गर्दैछन् ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारका लागि दाबी पेस गर्न भनेका थिए ।

यस अघि नै कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसी मुख्यमन्त्री बन्दैछन् ।

विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो । प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्