Logo
Logo

रेल सम्झौता रद्द गर्ने भारतको चेतावनी(पत्रसहित)



काठमाडाैं । भारतले जयनगर–कुर्था रेलसेवा सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

सम्झौताअनुसार नेपालले २० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन नसकेपछि सम्झौता रद्द गर्ने भारतको चेतावनी आएको हो ।

कोनकाँण कम्पनीले दुईवर्षअघि नै रेल सेवा संचालनका लागि प्रस्ताव गरेको थियो । सरकारले २ वटा रेल खरिद गर्ने निर्णय अनुसार कोनकाँणले दुईवटा रेलको डेमो २०२० सेप्टेम्बरमा पठाएको थियो ।

सोहीअनुसार नेपालले उक्त भारतीय कम्पनीसँग सन् २०२१ मे २४ मा रेलसेवा संचालन गर्न सम्झौता गरेको थियो । सम्झौताअनुसार रेल चलाउन ट्रयाक पनि तयार भएको र रेल पनि आइसकेको भएपनि नेपालले भुक्तानी गर्न नसक्दा कम्पनीले दुःख पनि व्यक्त गरेको छ ।

रेल भित्रिएको एकवर्षसम्म पनि नेपालले रेल नचलाएपछि कोनकण कम्पनीले रेलसेवा संचालन गर्न ताकेता गरेको हो । तर, रेलवे कम्पनीका महाप्रबन्धकले राजीनामा दिएसँगै अब के हुने भन्ने प्रश्न उब्जिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्