Logo
Logo

डिआइजीका कारण इन्सपेक्टरको मृत्यु ?




काठमाडौं । इप्रका बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु प्रकरणमा छानबिनको माग भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यका कारण उनको मृत्यु भएको आरोप सांसदले लगाएका छन् ।


नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले डिआइजी आचार्यको यातनाका कारण बिक्षिप्त भएर सडकमा निस्किदा मोटरसाइकलाको ठक्करबाट उनको मृत्यु भएको भन्दै डिआजीमाथि छानबिन गर्न माग गरेका छन् । गृह मन्त्रालयले निलम्बन गरेको भोलिपल्टै इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । तस्करीको मोबाइल छाडेको घटनामा उनलाई गृहले निलम्बन गरेको थियो । त्यसमा डिआइजी आचार्यको सेटिङ रहेको सांसद कँडेलको आरोप छ ।


बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कँडेलले वाग्लेको मृत्युमा डीआईजी आचार्यको मानिसक यातना पनि कारक भएको आरोप लगाएका हुन् । ‘डीआईजी आचार्यको दबाबका कारण मानिसकरुपमा असन्तुलित हुने परिस्थित भएर व्यस्त राजमार्गमा बाटो काट्दा दुर्घटनामा परेर वाग्लेको मृत्यु भयो’ कँडेलले भने, ‘सरसर्ती हेर्दा सवारी दुर्घटनामा मृत्यु भएको देखिए पनि आचार्यको कारण मानिसक सन्तुलन गुमाएकाले मृत्यु भएको हो ।’


कँडेललका अनुसार २१ साउनमा नवलपरासी पश्चिममा प्रहरी चेकजाँचका क्रममा पिकअपबाट ५९५ वटा मोबाइल बरामद भएको थियो र दुई जना पक्राउ पनि परेका थिए । वाग्ले नेतृत्वको इलाका प्रहरी कार्यालय, बर्दघाटले उनीहरुलाई साँझ छाडेको थियो । प्रहरी मिलेमतोमा तस्करी भएको खुलेपछि वाग्लेलाई गृहले निलम्बन गरेको थियो ।


पूर्वी नवलरापसीमा ती मोबाइल बरामद भएपछि छानबिन सुरु भएको थियो । जसमा इप्रका बर्दघाटका घुमुवा प्रहरी जवान सञ्जीव धमलाको बैंक खातामा १३ लाख रुपैयाँ बुझाएको खुलेको थियो ।


निलम्बनमा परेपछि इन्सपेक्टर वाग्लेले डिआइजीलाई गाली गरेको बताएका छन् । लगत्तै सडकमा निस्किएकोमा उनको मृत्यु भएको आरोप लगाइएको छ । डिआइजी आचार्यले भने सांसद कँडेलको आरोप गलत भएको बताए ।


पूर्व राज्यमन्त्री समेत रहेका सांसदले संसदमै यस्तो गम्भीर प्रश्न उठाएपछि यो प्रकरणमा छानबिन जरुरी देखिएको छ । डिआइजी आचार्य तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको रोजाईमा डेढ महिनाअघि लुम्बिनीमा गएका थिए । उनको कांग्रेस नेतासँग राम्रो सम्बन्ध नभएकाले पनि सो आरोप लागेको हुनसक्छ । यो विषयमा गृह मन्त्रालयले छानबिन गर्नु आवश्यक देखिएको छ ।

सांसद कँडेल आफैं पनि विवादास्पद पृष्ठभुमी भएका नेता हुन् । उनको भारतको समेत नागरिकता भएको र अपराधिक समूहसँग निकटता भएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्