Logo
Logo

नेप्से र धिताेपत्र बाेर्डका प्रमुखलाई अर्थ समितिले बाेलायाे



काठमाडाैं । अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलाएको छ ।

सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा सेयर लिएको विषयमा बुझ्न धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई आइतबारको बैठकमा बोलाएको हाे ।

ढुंगाना र साउदले परिवारका सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए । ढुंगानाले छोरीका नाममा र साउदले श्रीमतीका नाममा सेयर किनेका छन् । ढुंगाना र साउदको मिलोमतोले नै सर्वोत्तम सिमेन्टले पहिलोपटक प्रिमियम मूल्यमा सेयर जारी गर्ने अनुमति पाएको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर किनेपछि अध्यक्ष ढुंगाना र सीईओ विवादमा मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्