Logo
Logo

लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले मुख्यमन्त्रीमन्त्रीसहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् ।

चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्