Logo
Logo

लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद गठन



बुटवल । मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा सात सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।

मुख्यमन्त्री केसीसहित सातै जनाले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्रका सांसद इन्द्रजित थारुका अनुसार कांग्रेसरमाओवादीबाट एकरएक जना, जसपाबाट तीन जना र सूर्य चिन्हबाट चुनाव जितेका हृदयश त्रिपाठी समूहका अजयबहादुर शाहीले शपथ लिएका छन्।

माओवादीका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका डिल्लीबहादुर चौधरीले ग्रामिण तथा शहरी विकासमन्त्री र जसपाका सहसराम यादवले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै, जसपाकै सुमन शर्मा रायमाझी र पुर्तमति ढेंगा मगरले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।
। अरु मन्त्रीको मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्