Logo
Logo

आजदेखि राति ८ बजेपछि सवारी साधन चलाउन रोक



काठमाडौं। काठमाडाैं उपत्याकामा कोरोना संक्रमण फैलन नदिन बिहीबारदेखि राति ८ बजेपछि अत्यावस्यक वाहेकका सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

उपत्याकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेकाे निर्णय राति ८ बजेबाट कार्यान्वयनम आएको हो ।

निजी तथा सार्वजनिक सवारीमा रोक लगाए पनि पैदलयात्रुका लागि भने प्रशासनले भीडभाड नगरिकन आवागमन गर्न पाइने भनेको छ ।पछिल्लो समय कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि सरकारले थप कडाइ गर्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्