Logo
Logo

शिल्पा शेट्टी पनि ठगीमा मुछिइन्



काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टी पनि ठगीको आरोपमा मुछिएका छन् । लखनउ प्रहरीले आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगी गरेको भन्दै शिल्पा र उनकी आमामाथि कारवाही सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यसैगरी मुम्बई प्रहरीले पनिशिल्पाकै घरमा पुगेर सोधपुछ गरिरहेको छ । शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ ।

समाचार अनुसार शिल्पा र उनकी आमाले आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको शाखा खोल्ने नाममा दुईजनासँग करोडौं रुपैयाँ लिएका थिए । तर, लामो समय हुँदा पनि शाखा नखोलेपछि उनीहरूका नाममा मुद्दा दर्ता गरिएको हो ।

उक्त कम्पनीका अध्यक्ष किरण बाबाले भने एक विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको कुनै संलग्नता नरहेको बताएकी छन् । शिल्पा र सुनन्दा निकै समय अघि नै कम्पनीबाट अलग भइसकेको बताएकी छन् । किरणले कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्