Logo
Logo

शाही र वलीलाई एमालेको कारबाही



रूबुटवल । नेकपा एमालेले चार दलीय गठबन्धन सरकारको मन्त्री बनेका सांसद अजय शाहीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । एमालेले पार्टी हितविपरित गठबन्धनलाई सघाएको भन्दै कारबाही थालेको हो ।

एमालेले आफ्नो चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाकी सांसद विमला वलीले गठबन्धन दलले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेका थिए ।

लुम्बिनी प्रदेशका एमाले सचेतक भूमिश्वर ढकालका अनुसार शाहीलाई लिखित स्पष्टीकरण सोधिएको छ भने वलीलाई यसअघि नै पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण पठाइसकेका छन् । एमालेले बहिस्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धन सरकारमा विनाविभागीय मन्त्री बनेका छन् ।

नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका उनले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएका थिए । हृदयेश त्रिपाठीनिकट शाहीले आफु सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद रहेका बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्