Logo
Logo
काँग्रेसको १४औँ महाधिवेशन

नयाँ कार्यतालिका ल्याउने तयारीमा काँग्रेस




काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बसेको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी बैठकमा केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका छन् । बैठकमा अधिंकाश केन्द्रीय सदस्यले अधिवेशन सार्नुपर्ने धारणा राखेका छन् ।

बिहीबारको बैठकमा प्रस्तुत अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि आज छलफल भइरहेको एक नेताले बताए ।

यसअघि १४औँ महाधिवेशनक भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्नेगरी ल्याइएको कार्यतालिका प्रभावित भइसकेको छ । तर, बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका पेस गरिएको छैन । महाधिवेशन सार्ने विषयमा सहमति भएपनि कहिले सार्ने भन्ने मतभेद कायम छ ।

संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो सातासम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन् । तर, यसबारे देउवा र पौडेलबीच सहमति हुन सकेका छैनन् । त्यसैले अब केन्द्रीय सदस्यहरुको राय बुझेर नयाँ कार्यतालिका ल्याउने तयारी काँग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्