Logo
Logo

बालुवाटार प्रर्दशन गर्न पुगेका डेढ सय शिक्षक पक्राउ




काठमाडौं । विभिन्न माग राखी प्रदर्शन गर्न बालुवाटार पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्नेलगायत माग गर्दै उनीहरुले बालुवाटार परिसरमा प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका करीब डेढ सयभन्दा बढी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्नेलगायतका विभिन्न मागहरु राख्दै शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्