कामु प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता « Drishti News – Nepalese News Portal
Logo

कामु प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता


दृष्टि संवाददाता


Prabhu-Ram-Sharma-And-Binaya-Mohan-Kwatra-Meet

काठमाडौं । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्