Logo
Logo

आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न निर्देशन



काठमाडाैं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजलाई तयारी अवस्थामा रहन निर्देशन दिएकाे छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहलाई निर्देशन दिएको हो ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन पनि मन्त्रालयले भनेकाे छ ।

यस्तै सूचीकृत अस्पतालहरुमा संक्रमितहको तथ्यांक र विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्