Logo
Logo

त्रिविका भाैतिक परीक्षा रोक्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडाैं । त्रिभुवन विश्वविद्यालयद्वारा भौतिक रुपमा संचालित परीक्षालाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

हामी नेपाल नामक सामाजिक संस्थाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रकको कार्यालयलाई विपक्षी बनाउँदै अन्तरिम आदेशसहितको उत्प्रेषण र परमादेश माग गर्दै रिट दायर गरिएकाे हाे ।

जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै भौतिक रुपमा परीक्षा संचालन गरेर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको जीवनसँग खेलवाड गरेको रिटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्