Logo
Logo

इन्सपेक्टर वाग्ले मृत्युको घटनामा गृहद्वारा छानबिन समिति गठन




काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको दुर्घटनामा मृत्यु प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयलको एक समिति गठन गरेको छ । सहसचिव सुनिल खनालको नेतृत्वमा समिति गठन गरिएको हो ।


जसमा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ छन् । गत २५ साउनमा इन्सपेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।


मोबाइल तस्करीमा सहयोग गरेको भन्दै उनलाई गृहले निलम्बन गरेको थियो । सो घटनामा लुम्बिनी प्रदेशका डिआजी मुकुन्द आचार्यले इन्सपेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ । जून मोबाइल पछि पूर्व नवलरापसी प्रहरीले बरामद गरेको थियो ।


कांग्रेस नेता देवेन्द्रराज कँडेलले डिआइजी आचार्यका कारण इन्सपेक्टरको मृत्यु भएको भन्दै छानबिनको माग गरेका थिए । बिहीबार संसदमा बोल्दै उनले यस्तो बताएका थिए । मोबाइल तस्करीमा डिआइजीको संलग्नता रहे नहरेको खोज्न यस्तो समिति गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्