Logo
Logo

मौद्रिक नीति सार्वजनिकदेखि वृद्धवृद्धालाई घरमै खोप लगाउन आदेशसम्म



हेडलाइन्स् :

१. पछिल्लो २४ घन्टामा थप झण्डै चार हजार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखियो, ११ हजार ७०८ जनाको पीसीआर र ६८ सय ७४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ सय १५ जनामा संक्रमण पुष्टि, २१ सय १८ जना कोरोना जितेर डिस्चार्ज, कोरोनाबाट थप २७ जनाले ज्यान गुमाए, हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ पुग्यो, कोरोना संक्रमित ७३६ जनाको आइसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार हुँदै ।

२. कोरोना भाइरस (कोभिड– १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश, अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त अन्तरिम आदेश,लोककल्याणकारी राज्यको हैसियतले सरकारले संविधानको व्यवस्थाअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्ने पनि आदेशमा उल्लेख ।

३. बढ्दो कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको अनुरोध, सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न आग्रह, तेस्रो लहरलाई मध्यनजर गर्दे अस्पतालहरु सूचीकृमा आउन पनि आह्वान ।

४. नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा, कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा, आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था हटाउनुपर्ने सदस्यको धारणा, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्परविरोधी धारणा , संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्फ जोड दिँदा संस्थापनइतर समूहले भने त्यो भन्दा अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड ।

५.सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान, सरकारलाई सफल बनाउनका लागि अबको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जानकारी, शनिबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेस गर्ने समेत बैठकको निर्णय ।

६. महिला तथा सामाजिक समितिले मानव बेचविखन तथा ओसारपोसार रोकथाम तथा खुला सीमाको नियमन व्यवस्थित गर्न सीमामा आवतजावत गर्नेको व्यक्तिगत विवरणसहितको तथ्यांक राख्न सरकारलाई दियो निर्देशन, नाम, थर, वतन नखुलेका, हराएकाहरुको प्रहरीमा उजुरीपछि अभिलेख रहने तथा भेटिएको जानकारी नगराइ पारिवारिक पुनर्मिलन भइरहेकोले तथ्यांक यथार्थपरक नदेखिएकाले प्रहरीको रोहवरमा पारिवारिक पुनर्मिलन गराउनुपर्ने गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बालअधिकार परिषद्लाई निर्देशन ।

७. कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता, शुक्रबार जङ्गी अड्डामा भएमो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जानकारी ।

८. राष्ट्र बैँकद्वारा आर्थिक वर्षै ७८÷७९को मौद्रिक नीति सार्वजनिक, कोरोनाबाट अतिप्रभावित व्यवसायले भुक्तानी गनुपर्ने साँवा व्याज १ बर्ष थप गरिने, सवारीसाधन खरिद गरेर स्वरोजगार बन्नेलाई २५ लाखसम्म ५ प्रतिशत व्याजदरमा कर्जा, रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरुलाई पनि मर्जरमा लगिने, मार्जिन कर्जामा कडाई, एक जनाले १२ करोडसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने, एक बैंकबाट ४ करोड मात्रै, निजी क्षेत्रको कर्जा बिस्तार १९ प्रतिशतमा सीमित गरिने, लघुवित्तले न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने, मानुषी लघुवित्तको आईपीओमा साढे १८ लाखको आवेदन, ६५ गुणा भन्दा धेरै शेयर माग ।

Maudrik-Niti-sarbajanik

९.नेपाल–ओमान–अमेरिका त्रिकोणात्मक सिरिज भदौ २८ देखि, बयान दिएर पोखरा फर्किए अलमुताइरी र किरण, कीर्तिमानी मूल्यमा चेल्सीमै फर्किए रोमेलो लुकाकु, बार्सिलोना छाडेर पीएसजीमा आबद्ध मेस्सीलाई ३० नम्बरको जर्सी, इंग्ल्यान्डले अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने ।

१०.र, अफगानिस्तान दोस्रो ठूलो शहर कान्दहार तालिवानको कब्जामा, अफगानिस्तान सरकारले ग¥यो तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव, चीनको हुवेइ प्रान्तमा ३० वर्षयताकै सबैभन्दा ठूलो वर्षा ।

प्रतिक्रिया दिनुहोस्