Logo
Logo

युनाइटेडको बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को २७ औं वार्षिक साधारणसभा २०७८ श्रावण ३१ गते भर्चुअल माध्यममार्फत सम्पन्न भयो । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । साथै कम्पनीको आव २०७७/७८ को आषाढ मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका बारेमा संंक्षिप्त जानकारी दिइयो ।

कम्पनीका सञ्चालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ औं वर्षमा कम्पनीले प्रकाशित गरेको आव २०७७/७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमा (बिलियन क्लब)मा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराए । कम्पनीको उक्त सफलतप्रति सम्पूर्ण शेयरधनी महानुभावहरुले हर्ष व्यक्त गर्दै सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।

सोही सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९,८९,०३,९८३.८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,०००।०० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,००० भएको जानकारी दिइयो । साथै, आर्थिक वर्ष २०७७/७८ का लागी बाह्य लेखापरीक्षक श्री एमजीएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनी महानुभावबाट कम्पनीको व्यवस्थापनलाई सुझाव दिइयो भने व्यवस्थापनबाट सोहीबमोजिम कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्