Logo
Logo

टिभिएस अपाचे १६०–टु भी सार्वजनिक



काठमाडाैं । टु–ह्वीलर तथा थ्री–ह्वीलर निर्माता कम्पनी टिभिएस मोटरले ‘अपाचे १६०–टु भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ।

टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सानो भर्याङ सोरूम मार्फत कमेडी च्याम्पिएन टप ६ सहभागीहरु द्वारा उक्त मोडल सार्वजनिक गरेको हो।

अपाचे १६०–टु भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ। यसैगरी यसको पछाडि १२०÷७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ, जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ।

यसमा रहेको अर्को राम्रो फिचर्स भनेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले हो। जसले राइडरलाई स्पीड नियन्त्रणबारे अवगत गराइरहन्छ।

यसमा बेस्ट इन क्लास आर.टि.आर ओभरस्क्वेर इन्जिन छ। जसले ८००० आरपिएममा १४. १४ पिएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएममा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ।

यसको मूल्य दुई लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्