Logo
Logo

मेगा बैंकका ९ एक्सटेन्सन काउन्टर अब शाखा कार्यालयमा स्तरोन्नति


315
Shares

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका–७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका–४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाकै नागराइन नगरपालिका–२ मा रहेको नागराइन एक्सटेन्सन काउन्टरलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

त्यसैगरी अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका–४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले शाखामा स्तरोन्नति गरेको हो । यसअघि नै बैंकले सुनसरी जिल्लाको बराहाक्षेत्र गाउँपालिका–६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ ।

अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने छ । यो सँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्