Logo
Logo

राजेन्द्र राईको दावी- एमालेमा माधवको स्पष्ट बहुमत



काठमाडौं । नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा एमालेमा प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दावी गरेका छन् ।

नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि उनले नेता नेपालको पक्षमा बहुमत भएको दावी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो।’

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ११५ जना नेताहरू नेता नेपालको पक्षमा भएकाले चिन्ह र नाम पाउने अवस्था देखिएको पनि राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्