Logo
Logo

महामारी नियन्त्रण कोषमा कुमारी बैंकको सहयोग



काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कोषका लागि बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रूपमा सहयोग रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टिन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको बैंकले जनाएको छ ।

लकडाउनको अप्ठ्यारो परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरूलाई देशव्यापी सक्रिय एटिएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्