Logo
Logo

‘जुनियर कार्टुन क्रु’सँग माया सरर… (भिडियो)



काठमाडौं । पछिल्लो समय लोकप्रिय डान्सिङ गु्रप ‘द कार्टुन क्रु’ जुनियर फिचर गायक सचिन रौनियारको ‘माया सरर’ गीतको भिडियो सार्वजनिक भएको छ । यसअघिका गीतहरुको सफलतापछि गायक रौनियारले यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

जितेनको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुश्लिंगको सिनेमाटोग्राफी र सुरोज अधिकारीको सम्पादन रहेको छ ।

द कार्टुन क्रु को च्यानलबाट सार्वजनिक गीतको भिडियो रिलिज भएसँगै युट्युव ट्रेण्डिङको अग्रस्थान रहेको छ । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्