Logo
Logo

पूर्णचन्द्रको शैली अपनाउलान् शैलेशले ?



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा प्रशंसा बोकेर तीन सातापछि अवकाश पाउँदैछन् । तीन वर्ष सैनिक नेतृत्व गर्दा उनले गरेको सबैभन्दा ठूलो काम भनेको सेनाभित्रको आन्तरिक शुद्धीकरण हो ।

गम्भीर प्रकृतीको अनियमिततामा संलग्नलाई उनले सिधैं बर्खास्त गरिदिए, तल्लो तहका सैनिक मात्र होइन जर्नेलसम्मलाई । उनले देखाएको त्यो आँटले सेनामा ठूलो सुधार ल्याएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री पनि व्यक्तिगत लोभ लालच नभएका प्रहरीका रुपमा चिनिन्छन् । तर, उनले शुद्धीकरणको कामलाई अपेक्षाअनुसार अघि बढाउन सकेका छैनन् । सेनामा भन्दा प्रहरीमा राजनीतिक दबाब धेरै आउने भएकाले पनि हुनसक्छ । तर, संगठनलाई नै बदनाम गराउने ‘भाइरस’हरुलाई हटाउन नसके संगठन सधैंभरी बदनाम भइरहने निश्चित छ । संगठनको छवी जोगाउने भने प्रहरी नेतृत्वले निमर्म कारबाही गर्नुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्