अमेरिकामा युएस कराते एसोसिएशन दर्ता « Drishti News – Nepalese News Portal
Logo

अमेरिकामा युएस कराते एसोसिएशन दर्ता


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल र नेपालबाहिर छरिएर रहेका करातेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराते एसोसिएशन अफ अमेरिका नामक संस्था दर्ता भएको छ ।

अमेरिकामा अवकाश प्राप्त जीवन बिताइरहनुभएका नेपालमा कराते खेलका संस्थापक प्रमुख थानेश्वर राईको नेतृत्वमा उक्त संस्था दर्ता भएको हो । अमेरिकास्थित भरमन्ट राज्यमा मुख्यालय रहने गरी दर्ता भएको एसोसिएशनको सचिवमा डीबी राउत छन् ।

यही भदौ ३ गते भरमन्ट राज्यको सचिवालयमा गैरनाफामूलक निगमका रूपमा संस्था दर्ता भएको थानेश्वर राईले जानकारी दिए ।

नेपालमा लामो समयसम्म करातेको प्रमुख हुँदै प्रमुख प्रशिक्षकबाट अवकाश भएपछि अमेरिकामा रहनुभएका राईले बाँकी जीवन विश्वभर छरिएर रहेका करातेका खेलाडीहरू एउटै छातामुनि समेट्ने, उनीहरूलाई सङ्गठित गरी तालीमका लागि ‘क्लोज क्याम्प’ सञ्चालन गर्नेदेखि प्रतियोगितासमेत आयोजना गरिने लक्ष्य राखिएको जनाइएको छ ।

अध्यक्ष राईले दिएको जानकारीअनुसार क्यानडा, अमेरिका, जापान, युरोप र नेपालमा रहेका करातेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिनेछ । त्यसमा विश्व कराते महासङ्घ र जापान कराते महासङ्घका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्