Logo
Logo

एमालेको विवरण निर्वाचन आयोगद्वारा अस्वीकारदेखि ओलीलाई तेस्रो धारको अल्टिमेटमसम्म



१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५१६ परीक्षणमा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४७ हजार ४३३ पुग्यो, २२ सय ४८ जना कोरोनामुक्त, नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ९८ हजार १७३ पुग्यो, पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुग्यो, कोरोनाका सक्रियसंक्रमितको संख्या ३८ हजार ७ सय ५१ पुग्यो, ६८१ जनाको आइसीयू र १६९ जनाको भेन्टिलेटरमा उपचार हुँदै ।

Image

२. पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार, २०७५ जेठ २ मै फर्काउनुपर्ने अदालतको फैसला अनुसार दुई सय ६० केन्द्रीय सदस्यलाई मान्यता नदिने, अध्यादेश अनुसार केन्द्रीय कमिटी वा संसदमा २० प्रतिशत मात्रै संख्या भए माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाउने ।

३. नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकिए, दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय, केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा भने पछि जिम्मेवारी दिइने गरी हाललाई ५ वटा प्रदेशमा जिम्मेवारी बाँडफाँट ।

४. लुम्बिनी प्रदेशसभा सचिवालयद्वारो एमालेले पदमुक्त गर्न पत्राचार गरेका सूर्य चिह्नबाट चुनाव जितेका सांसद अजय शाही र विमला वलीलाई कारबाही नहुने बताएपछि एमाले नेता आक्रोशित, प्रदेश सभामुख पूर्णबहादुर घर्तीले अवैध र असंवैधानिक तबरबाट कारबाही नहुने भन्ने निर्णय गरेको भन्दै निर्णय मान्य नहुने एमालेको चेतावनी, एमाले प्रदेश सह–इन्चार्ज वैजनाथ चौधरीले पाटीले पदमुक्त गर्न पत्राचार गरेका सांसदहरुलाई सभामुखले आफै न्यायाधीश र अदालत जस्तो गरी कारबाही नहुने पत्र दललाई पठाएर कानुन र संविधानको उपहास भएको निष्कर्ष ।

५. माधव नेपालले अलग्गै पार्टी गठन गर्दा ‘पार्टी एकताको पक्षमा रहने’ घोषणा गरेका नेकपा एमालेका नेताहरुले दिए माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बेलुकीसम्मको अल्टिमेटम, पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित तत्कालीन एकता कार्यदलले तयार पारेको १० बुँदे सहमित कार्यान्वयन हुनुपर्ने लगायतका मागहरु पूरा गर्न अध्यक्ष ओलीलाई २४ घण्टाको समय दिने निर्णय, लिखित वक्तव्य समेत जारी गरेका उनीहरुले हालसम्म गरिएको निर्णय खारेज गर्ने र १४ सांसदलगायत केही नेतालाई गरिएको कारबाही फिर्ता लिनुपर्ने माग ।

६. नेपालको नक्सामा अध्यावधिक गरिसकेको भूभाग व्यावहारिक रुपमा फिर्ता हुन नसकेको उल्लेख गर्दै त्यसका लागि असल कूटनीतिक पहल गर्न सरकारलाई संसदीय समितिको निर्देशन, नेपाल र भारतबीचको सीमा विवादको स्थायी समाधान हुनुपर्नेमा जोड दिँदै राज्य व्यवस्था तथा सुशासन समितिले सीमा क्षेत्रमा बीओपीको संख्या बढाउन, पर्याप्त स्रोतसहित बीओपीलाई सशक्त र सुदृढीकरण गर्न पनि समितिको सरकारलाई सुझाव ।

७. नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा, आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो नलागेपनि समिति भने निर्वाचनको तयारीमा, पछिल्लो पटक संशोधित तालिकाअनुसार वडा अधिवेशन भदौ १८ मा गर्नुपर्ने कार्यतालिका अनुसार समिति काम अघि बढाउँदै ।

८. मानुषी लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुने, ९८ प्रतिशत भन्दा धेरैले शेयर नपाउने, चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारलाई राजस्व संकलनमा सफलता, १ खर्ब १३ अर्ब उठ्यो, उखु किसानले पाउनुपर्ने रकम भुक्तानी दिन किसान संगठनहरुको माग, नत्र फेरि संघर्षमा जाने, व्यवसायीले गरे सवारी व्यवस्थापन शुल्क खारेजीको माग, महानगरपालिकाविरुद्ध मुद्दा हाल्ने तयारी, विशाल बजार कम्पनी,राष्ट्रिय बिमा संस्थान लगायतका २५ संस्थाका पदाधिकारीलाई कारबाही गर्न महालेखाको सिफारिस

९. नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी चयन, विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा चयन, पहिलो पटक ए डिभिजन लिग खेल्ने तयारीमा रहेका रोशन थ्रीस्टारमा अनुबन्ध, ओमानमा घरेलु टिम र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्न नेपाल भोलि त्यसतर्फ प्रस्थान गर्दै, बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुने कप्तान ज्ञानेन्द्र मल्लको भनाइ ।

१०.र, स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा, स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा, बढ्दो मूल्य, बैंकिङ सेवा ठप्प भएका कारण काबुलबासी थप अप्ठ्यारो झेल्दै, बेलायती पूर्वप्रधानमन्त्रीद्वारा बाइडेनको आलोचना, काबुल विमानस्थल बाहिर सात अफगानी नागरिकको मृत्यु, स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा ।

प्रतिक्रिया दिनुहोस्