Logo
Logo

पोखरा महेन्द्रपुलमा भासियो सडक



काठमाडौं । पोखरा महेन्द्रपुलको सडक भासिएको छ । महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडक भासिएको हो । भासिएको सडक नजिकै कार रहे पनि सो कार भ्वाङमा पर्नबाट जोगिएको छ ।

आइतबार साँझ पोखरामा भारी वर्षा भइरहँदा सो सडक भासिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले उक्त पानीलाई राती नै तर्काइएको छ भने कुनै क्षति नभएको बताए ।

गएराति ८ बजेदेखि पोखरामा निरन्तर वर्षा भैरहेको छ । राति १० बजे उक्त क्षेत्रको सडक भासिँदा पत्रकार सञ्जय मल्ल नजिकै थिए । उनले नै पोखरा महानगरपालिका र प्रहरीलाई सडक भासिएको बारे खबर गरेका थिए ।

पोखराका नालीले वर्षातको पानीलाई धान्न नसक्दा यस अघि पनि सडक भासिने गरेका छन् । सभागृहचोक, चिप्लेढुँगा, महेन्द्रपूल लगायतका क्षेत्रमा यसअघि पनि सडक भासिएको थियो ।

प्रतिक्रिया दिनुहोस्