Logo
Logo

कांग्रेस क्रियाशील सदस्यता विवादबारे प्रतिवेदन बुझाउने समितिको तयारी



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन (खापा) आज बुझाउँदै छ ।

प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ । समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासित समय माग गरिएको छ ।

समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलको भनाई छ ।

गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्