Logo
Logo

आठ महिने छोरीसहित झुण्डिएर दम्पतीद्वारा आत्महत्या



काठमाडौं । झापाको कन्काइ नगरपालिका–१ मा ८ महिने शिशुसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा फेला परेका छन् । ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना झुण्डिएको अवस्थामा मृत भेटिएको हुन् । उनीहरु सोमबार बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । कोभिड पोजेटिभ थिए भनेर अरुले भनेपनि संक्रमण भएको थियो वा थिएन अहिलेसम्म नखुलेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई समेत बोलाइएको प्रहरीले जनाएको छ । आत्महत्या वा के हो भन्ने अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्