Logo
Logo

वाइसीएललाई बिकृतीका विरुद्ध लड्न आह्वान


उमेश बन्जाडे


दाङ । नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) राजपुर गाउँपालिका को प्रथम गाउँ सम्मेलन आइतबार राजपुरमा सम्पन्न भएको छ ।

वाइसीएल राजपुर का संयोजक राजु परियार को अध्यक्षता एवं नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सह-इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य तथा क्षेत्र न १ का इन्चार्ज लुमाकान्त न्योपाने (सागर) को विशिस्ट आतिथ्यतामा सम्पन्न सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि १५ जना युवाहरु वाइसीएलमा प्रबेश गरेको माओवादी केन्द्र राजपुर गाउँ कमिटीले जनाएको छ ।

सम्मेलनले पुर्ब जनमुक्ती सेनाका कम्पनी सह-कमाण्डर राजु परियार को अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमीटी चयन गरेको छ । आयोजक कमीटीका सदस्य वीर बहादुर बुढाको स्वागत मन्तब्य बाट सुरु भएको सम्मेलनका वक्ताहरुले अहिलेको वाइसीएलले समाज भित्रका बिकृती र बिसंगति विरुद्ध लड्दै पार्टीभित्र बेलाबखतमा देखीने समस्याहरु प्रती पनि खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।

वाइसीएललाई उत्पादनसँग जोड्दै समाजमा व्याप्त बेरोजगारीको समस्या समाधान गरेर युवाहरुलाई स्वोरोजगार बन्ने वातावरण समेत वाइसीएलले मात्र मिलाउन सक्ने उनिहरु दावी थियो ।

सम्मेलनमा राजपुर गाउँ कमीटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) वाइसीएल दाङका जिल्ला संयोजक माधब बुढाथोकी, क्षेत्र न १ का संयोजक लेनिन बन्जाडे, मधेसी राष्ट्रिय मुक्ती मोर्चा दाङका अध्यक्ष मिश्रिलाल गुप्ता, सुकुम्बासी संगठनका केन्द्रिय सचिवालय सदस्य अपील लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सम्मेलनको संचालन गन बहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्