Logo

आईआईएफटीका विद्यार्थीहरु ‘ड्रेस टु इम्प्रेस’मा भिड्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ बैशाख । बागबजारस्थित इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’मा फेसन डिजाइनिङ कोर्ष गरिरहेका ६५ जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका छन् । आईआईएफटीमा ६ महिनाभन्दा बढी कोर्र्ष गरेका विद्यार्थीहरु ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा पहिलोपटक भिड्न लागेका हुन् ।
यही आउँदो १० बैशाखमा राजधानीमा हुने फाइनल प्रतिस्पर्धाका लागि यतिखेर विद्यार्थीबीच कम्पिटिशनको तयारी भइरहेको छ ।
यसैक्रममा उनीहरु बुधबार ‘प्रि–जजिङ’ राउण्डमा प्रतिस्पर्धा गरेका छन् । कार्यक्रममा प्रतिस्पर्धी डिजाइनरहरुले आफूले तयार गरेका क्रियटिभ पहिरनहरु प्रस्तुत गरेका थिए । जसका लागि निर्णायकमा चर्चित फेसन डिजाइनर मनिष राई, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर रोजिन शाक्य रहेका थिए । उनीहरुले विद्यार्थीहरुले तयार पारेका पहिरनको जजिङ गरेका थिए ।
स्मरणीय कुरा कार्यक्रममा डिजाइनरहरु नै आफूले तयार पारेका पहिरन पहिएर स्टेजमा प्रस्तुत हुने भएका छन् । फाइनल इमेन्टका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक तथा आईआईएफटीका निर्देशक तथा तेन्जिङ शेर्पाले बताए । उनका अनुसार कार्यक्रम १० बैशाखमा नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा साँझ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्